अपडेट 
२०७८ फाल्गुन २६, बिहीबार ०७:३७

जनकपुरधाम ।थला परेको राजर्षिजनक विश्वविद्यालयको उपकुलपतिमा नवेन्द्र निधिलाई ल्याउन कांग्रेस पार्टीका केन्द्रीय सदस्य विमलेन्द्र निधि लागि परेका छन् ।

विश्वविद्यालयका उपकुलपति डा.भरत झाको समयावधि सकिएसँगै नेता निधिले आफ् ना साख्यै दाजु नवेन्द्र निधिलाई उपकुलपति बनाउन जोडबल गर्न थालेका छन् । आफ्ना आफन्त र निकटका मानिसहरुलाई भर्ना गर्न नेता निधिले राजर्षिजनक विश्वविद्यालयलाई धराशायी बनाएका छन् । विश्वविद्यालयमा हाल निधिका आफन्त र शुभेच्छुकहरुको बाहुल्यता रहेको छ ।उनले दाजु नवेन्द्र निधिलाई उपकुलपति बनाउन शैलेन्द्र मल्लिक र शैलेन्द्र लाभलाई कार्यवाहक उपकुलपति बनाउने प्रयासमा छन् । तर लाभ उपकुलपति नै बन्ने दाउमा रहेकाले नेता निधिलाई केही समस्या भएको छ ।नेपाल सरकारको पूर्ण लगानी रहेको राजर्षिजनक विश्वविद्यालयलाई निधिले व्यक्तिगत स्वार्थका कारण धराशायी बनाएको आरोप प्राध्यापकहरुको छ । नवेन्द्र निधि रामस्वरुप रामसागर बहुमुखी क्याम्पस(राराब)को प्रमुख भएको बखत कलेजमा भ्रष्टाचार चरममा पुगेको थियो ।क्याम्पस प्रमुखको रुपमा निधिको कार्यकाल अत्यन्त विवादास्पद रहेको थियो । नवेन्द्र निधि नगराइन माविको व्यवस्थापन समितिमा चुनावमा पराजित भएका र नेपाल रेडक्रस सोसाइटीको अध्यक्षमा मनोनयन नहुन असफल भएका व्यक्ति हुन् ।

https://www.youtube.com/watch?v=tWGZ5Tgq468&t=5s

Comment


Related News

Latest News

Trending News