अपडेट 
२०७८ फाल्गुन २६, बिहीबार १२:३५

सुनको मूल्य एकै दिन तोलामा तीन हजार पाँच सय रुपैयाँले घटेको छ । आज छापावल सुनको मूल्य एक लाख २ हजार रुपैयाँ तोकिएको छ ।

बुधबार हालसम्मकै उच्च विन्दु प्रतितोला एक लाख ५ हजार पाँच सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

यस्तै तेजावी सुन र चाँदीको मूल्य आज तोलामा क्रमशः एक लाख एक हजार पाँच सय र १४ सय पाँच रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार प्रतितोला तेजावी सुन एक लाख ५ हजार रुपैयाँ र चाँदी १४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

please subscribe our official youtube channel and support us

https://www.youtube.com/watch?v=tWGZ5Tgq468&t=6s

Comment


Related News

Latest News

Trending News