२०७८ फाल्गुन २७, शुक्रबार ०७:२३

मधेश प्रदेशमा संचालित सुरक्षित मातृत्व कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सरोकारवालासँग अन्तक्रिया गरिएको छ । विहीबार जनकपुरमा यु.एन.एफ.पि.एको सहयोगमा जनकपुरका लाईफ नेपालले आयोजना गरेको प्रदेश स्तरीय सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा सुरक्षित मातृत्व कार्यक्रमलाई प्रभावकारी बनाउन छलफल गरिएको हो ।

सुरक्षित मातृत्व कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको मधेश प्रदेशका महिला बालबालिका युवाा तथा खेलकुद मन्त्रालयका सचिव केशव प्रसाद बिमलीले बताए । शिशु मृत्यु दर, बाल मृत्यु दर रोक्न सुरक्षित मातृत्व आवश्यक रहेको बताउंदै जनकपुरधाम उपहानगरपालिका उपमेयर रीता झाले स्थानीय तहहरुले आफ्नो क्षमता अनुसार सुरक्षित मातृत्वको क्षेत्रमा काम गर्दै आए पनि सीमित स्रोत साधनको अभावमा प्रभावकारी हुन नसकिरहेको उनले गुनासो गरिन् । सुरक्षित मातृत्व क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाले आ–आफ्ना स्थानमा जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताए ।

Comment

Related News

Latest News

Trending News