सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४मा निर्मित सामुदायिक भवनको उद्घाटन गरिएको छ । विहीबार आयोजित एक समारोहबीच मधेश प्रदेशका सामाजिक विकासमन्त्री नवल किशोर साहले सामुदायिक भवनको उदघाटन गरेका हुन् । सामाजिक विकास मन्त्रालयद्वारा सप्तरीको हनुमाननगर कंकालिनी नपा– १४ रम्पूरामा निर्मित सामुदायिक भवनको उद्घाटन गरिएको हो । सामाजिक विकास मन्त्रालय र मन्त्री साहको संयुक्त लगानीमा निर्मित उक्त भवनले रम्पूरा मल्हनिया लगायतका जनताहरुको लागि महत्वपूर्ण काम भएको मन्त्री साहले बताए । भवनको उदघाटन गर्दै मन्त्री साहले भने,‘यहाँका गाउँलेका पीडा नजिकबाट हेरेको छुं,त्यसैले उपलब्ध गराईएको सु्विधा सम्पन्न भवनको सदुपयोग गर्नूहोला, यही आग्रह छ ।
’ ,‘यहाँका स्थानीयवासीहरुकै आग्रहमा यस भवनको निर्माण गरिएको हो । सामुदायिक सामूहिक कार्यमा यो भवन कोशेढुंगा साबित हुनेछ।’,उनले प्रष्ट पारे । मन्त्री साहको संसदीय विकास कोषको १९ लाख र प्रदेश सरकारको २० लाख गरि ३९ लाखको लागतमा सभाकक्ष सहितको तीन कोठे सामुदायिक भवन निर्माण गरी समुदायलाई हस्तान्तरण गरेपछि स्थानीयवासी खुशी भएका छन् । उनको निर्वाचन क्षेत्र समेत रहेको यस क्षेत्रमा कम्तीमा पाँच हजारले रोजगारी पाउने गरी एउटा कारखाना स्थापनाको सपना बुनेको समेत उनले बताए । कार्यक्रम स्थल अगाडि रहेका फुसका संरचना भएका घरहरु तर्फ संकेत गर्दै मन्त्री सा्हले भने “यहाँका युवाले रोजगारी पाए भने यस्ता फुसका घरहरु विस्थापित भई पक्की भवनहरु बन्नेछन् ।उनले कारखाना संचालनका लागि आपूmले पहल थालेको र छिट्टै सपना पूरा हुने विश्वास समेत व्यक्त गरे । वर्षायाममा आउने बाढीले सो गाउं सर्वाधिक मारमा पर्ने गरेको वडा अध्यक्ष सत्यनारायण यादवले बताए । “बाढी गाउँमा पस्दा सुरक्षित स्थान खोज्न यहाँ भागाभाग हुन्थ्यो,उनले भने “अब उँचो स्थानमा सुविधा सम्पन्न सामुदायिक भवन बनेपछि सुरक्षित वास र गाउँघरमा विहेवारी तथा भेला र छलफलका लागि बेला बेलामा आउने अथितिहरुलाई पनि सहज भएको छ ।
”कार्यक्रममा जसपा मधेश प्रदेश कमिटीका सदस्य सुरजित सिंह गुडु, समाजसेवी सुर्यनारायण यादव लगायतले पनि बोल्दै प्राप्त नयाँ भवनले गाउँवासीलाई ठुलो मदत पुग्ने विश्वास व्यक्त गरे । यसै बीच विहीबार नै मन्त्री साहले सप्तरीको मधवापृुरमा प्रदेश सरकारको ९० लाखको सहयोगमा तयार पारिएको पाँच कोठे कक्षाकोठा भवनको उदघाटन गर्नुका साथै छात्राहरुलाई साईकल वितरण गरेका छन् । मधवापुर माध्यमिक विद्यालयमा थप पाँच कोठे कक्षाकोठा भवनको उद्घाटन र छात्राहरुलाई साईकल वितरण गर्दै मन्त्री साहले शिक्षाको विकास बिना समाज र मुलुकको विकास असम्भव रहेको जिकिर गर्दै प्रदेश सरकारले शिक्षामा सर्वाधिक लगानी गरिरहेको र प्राप्त सहयोगको सदुपयोग गर्न आग्रह गरे । कार्यक्रममा उक्त विद्यालयका कक्षा ८ मा पढ्ने २३ जना छात्रालाई प्रदेश सरकारको तर्फबाट तथा कक्षा ९ र १० का ५२ जना छात्रालाई हनुमाननगर कंकालिनी नगरपालिकाको तर्फबाट साईकल वितरण गरिएको थियो । सो अवसरमा हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेस प्रसाद साह,उपप्रमुख सरिता यादव लगायतले पनि बोल्दै सुविधा युक्त विद्यालय भवन र सहजताका लागि प्रदान गरिएको साईकलले विद्यालयमा विद्यार्थीको संख्या बढाउन मदत पु¥याउने विश्वास व्यक्त गरेका थिए ।

