२०७८ फाल्गुन २७, शुक्रबार ०७:३१

माण्डवीको आयोजनामा शी लिड्स कार्यक्रम अन्तर्गत ४ दिवसीय प्रारम्भिक तथा स्थानीय तहको निर्वाचन लक्षित बुट क्याम्प प्रशिक्षण कार्यक्रम रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ । अस्ट्रेलियन एडको आर्थिक सहयोगमा संचालित प्रशिक्षण कार्यक्रममा निर्वाचित महिला जनप्रतिनिधिहरुलाई आगामी निर्वाचनमा खेल्नु पर्ने भूमिकाको बारेमा विभिन्न क्रियाकलाप मार्फत जानकारी गराईएको कार्यक्रम अधिकृत रिंकु चौधरीले जानकारी दिइन् ।

२५ जना सहभागी भएको महिलाहरुलाई निर्वाचनमा आफ्नो सहभागिता कसरी सुनिश्चित गराउने , मतदाताहरुलाई मत प्रयोग कसरी गराउने , चुनावी प्रतिवद्धता , जिते पछि गर्ने कार्यको प्रतिवद्धता , लैंगिक समानता लगायतका विषयमा सहजकर्ता संजय कुमार यादव र पुनम ठाकुरले प्रशिक्षण दिएको कार्यक्रम अधिकृत चौधरीले जानकारी दिईन् । स्थानीय सरकारमा प्रभावकारी ढंगले आफ्नो भूमिका निर्वाह गर्न चाहिने सीप र ज्ञान प्रदान गर्ने , राजनीतिक संवादमा सहभागी हुनका लागि महिला वडा सदस्यहरुको आत्म विश्वास बढाउने उद्ददेश्यले आयोजना गरिएको कार्यक्रमको समापन कार्यक्रममा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले महिला सदस्यहरुले चार दिन तालिममा बसेर सिकेका ज्ञान र सिपलाइ व्यवहारमा उतार्नको लागि सुझाव समेत दिएका छन् । सहभागीहरुलाई मेयर चौधरीले प्रमाण पत्र समेत वितरण गरेको आयोजक सस्थाले जनाएको छ ।

Comment


Related News