२०७८ फाल्गुन २८, शनिबार ०७:४५

सशस्त्र प्रहरीको टोलीले रौतहट जिल्लाको बौधीमाई नगरपालिका –९मा रहेको दशगजा क्षेत्रबाट स्रोत नखुलेको रकमसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण रौतहट र सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्मस्ता बाहिनी मुख्यालय महोतरीको संयुक्त टोलीले भारतबाट नेपाल आउँदै गरेको च ०५थ २९७९ नम्बरको मोटर साइकल रोकी चेकजाँच गर्दा सो भित्र लुकाएर राखेको अवस्थामा १८ लाख ७३ हजार रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण हजमिनिया रौतहटले जनाएको छ । स्रोत नखुलेको उक्त रकम सहित भारतको पुर्विचाम्परण जिल्लाको महन्गुवा गुरहेन्बा – २का ४५ वर्षीय दिप नारायण प्रसादलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बरामद भएको रकम ,मोटर साइकल सहित व्यक्तिसमेतलाई आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालयमा बुझाइएको जनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणका अनुसार आर्थिक बर्ष २०७८÷०७९ मा अहिले सम्म स्रोत नखुलेको रकम ३९ लाख ८ हजार बरामद गरिएको छ भन्ने १३ जना पक्राउ परिसकेको छ । मोटर साइकल ५३ वटा , पिक अप १ वटा , त्रेक्टर २ वटा , अटो रिक्सा २ र बोलेरो गाडी १ सहित ५९ वटा सवारी साधन नियन्त्रणमा लिइएको गणपति सशस्त्र प्रहरी उपरीक्षक कार्कीले बताएका छन्

Comment


Related News