अपडेट 
२०७८ फाल्गुन २८, शनिबार ०८:२२

तराई मधेशको क्षेत्रमा सबैभन्दा बढी मूल्यवृद्धि भएको पाइएको छ । सुगम र सहज यातायात सञ्जाल, स्रोत तथा साधनको उपलब्धता भए पनि तराईमा मूल्यवृद्धिको मात्रामा वृद्धि भएको पाइएको हो ।

तराईपछि काठमाण्डु उपत्यका र पहाडी क्षेत्रमा क्रमशः मूल्यवृद्धिको मात्रामा वृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको विवरण अनुसार गत माघ मसान्तसम्म महिनामा काठमाण्डु उपत्यकामा ५.४७ प्रतिशत, तराईमा ६.५० प्रतिशत, पहाडमा ५.३२ प्रतिशत र हिमालमा ५.९७ प्रतिशत मुद्रास्फीति रहेको छ । विवरणअनुसार २०७७ माघमा यी क्षेत्रमा क्रमश : २.१२ प्रतिशत, २.७८ प्रतिशत, ३.३० प्रतिशत र २.०५ प्रतिशत मुद्रास्फीति रहेको थियो । यस्तै उपभोक्ता मुद्रास्फीतितर्फ माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.७० प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति छ प्रतिशत र गैर– खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.९६ प्रतिशत छ । यस्तै २०७७ माघ महिनाको तुलनामा २०७८ माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, तरकारी र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २०.६८ प्रतिशत, १४.०७ प्रतिशत र ९.३६ प्रतिशत रहेको छ ।

साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र फर्निसिंग तथा घरायसी सामग्री उपसमूहको मुद्रास्फीति क्रमशः १५.८७ प्रतिशत, ७.८६ प्रतिशत र ५.९२ प्रतिशत छ । थोक मुद्रास्फीतितर्फ गत माघ महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १०.३४ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१२ प्रतिशत थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १२.०९ प्रतिशत, ९.९२ प्रतिशत र ७.०० प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १६.६१ प्रतिशत रहेको छ । इन्टरनेटको सहज पहुँच तथा नगद बोकेर हिड् नुपर्ने झञ्झट नभएका कारण विद्युतीय भुक्तानी गर्नेको संख्यामा पनि उल्लेख्य बढोत्तरी भएको छ । नगद नै नभएपनि दैनिक जीवनयापन गर्न सकिने भएकाले पनि विद्युतीय भुक्तानीका विभिन्न उपकरणमा पनि वृद्धि भएको पाइएको छ ।

please subscribe our official youtube channel and support us

https://www.youtube.com/watch?v=ZQsnuUHM8WA

Comment


Related News

Latest News

Trending News