अनिल तिवारी
वीरगञ्ज, २८ फागुन
वीरगञ्ज महानगरका मेयर विजयकुमार सरावगी नेकपा एमालेमा प्रवेश गर्ने लगभग पक्का भएपछि आर्थिक महानगरको राजनैतिक ध्रुवीकरण तरंगीत भएको छ ।नेपाली कांग्रेसमा उम्मेदवरी स्पेशको ग्यारेन्टी नभएपछि नगर प्रमुख एमालेमा प्रवेश गर्ने तालमेल मिलाएको श्रोतको दावी रहेको छ । स्रोतका अनुसार मेयर सरावगी केही दिन भित्रै जनता समाजवादी पार्टी (जसपा) त्यागेर नेकपा एमाले प्रवेश गर्न लागेका हुन् ।
नेकपा एमाले प्रवेश गर्ने विषयमा सरावगी बालकोट नै पुगेर एमालेका अध्यक्ष केपि शर्मा ओलीसँग छलफल समेत गरेको बुझिएको छ । जिल्ला अध्यक्ष प्रभु हजराको बिशेष पहलमा प्रवेश गर्न लागेको सरावगी स्थानिय चुनामा एमालेको तर्फबाट मेयरको उम्मेदवार बन्ने निश्चि भएपछि प्रवेशगर्न लागेको श्रोतको दावी छ । सरावगी हाल जसपाको केन्द्रीय सदस्य समेत रहेका छन् ।आफनै पार्टिका सांसदबाट पटक पटक प्रताडित भएकोले जसपा छाडन बाध्य भएको मेयर सरावगीको टिप्पणी छ ।
नेकपा एमालेका जिल्ला अध्यक्ष एवम् इन्चार्ज प्रभु हजराले समेत मेयर सरावगी पार्टी प्रवेश गर्न लागेको पुष्टि गरेका छन् । हजराका अनुसार बारामा २८ गते हुने कार्यक्रममा सरावगीलाई स्वागत गरिने तयारी रहेको छ । चैत ८ गते वीरगञ्जमा अध्यक्ष केपी ओलीकै उपस्थितिमा हुने पार्टी प्रवेश कार्यक्रममा उनी प्रवेश गर्ने कार्यक्रम तय गरिएको छ ।
सरावगीको प्रवेशका चर्चा पछि नगर प्रमुखकै उम्मेदवार बन्ने सहमति सर्तमा केहि दिन अगाडि बालकोटमा खादा ओडेका राजेशमान समुहमा रुवावासी सुरु भएको छ । मधेस आन्दोलनमा सक्रिय भूमिका निभाएर ‘सबैका सान,राजेशमान ’ नाराले प्रसिद्धि पाएका राजेशमान सरावगीको प्रवेशले घर न घाटका भएका छन् । निर्वाचनको मुखमै पार्टि परिवर्तनको लहरले चुनावी ध्रुवकरणलाई तरंगीत गर्नुका साथै ‘एनिहाउ चुनाव जितन पाउ’भन्ने नारा पार्टि र नेताहरुको मुख्य एजेन्डा बनेको छ ।
please subscribe our official youtube channel and support us
https://www.youtube.com/watch?v=ZQsnuUHM8WA

