२०७८ फाल्गुन २८, शनिबार ११:१९

रौतहटको चन्द्रनिगाहपुर गौर सडकखण्डमा शंकास्पद बस्तु भेटिएको छ । सडकखण्ड अन्तर्गत चन्द्रपुर नगरपालिका मोथियाहीस्थित राजमार्गको बीचमा माथिबाट टायल्सले थिचेर तल कपडाको टालोले बेरेर राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको हो ।

राजमार्गको बीचमा राखिएको शंकास्पद बस्तु भएको स्थानलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर आवतजावत बन्द गरेको छ । सो राजमार्ग भएर गुड्ने सवारीहरूलाई बेतौना हुँदै डाइभर्सन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ज्ञान बहादुर माझीले बताए ।

शंकास्पद वस्तु के हो र कसले राखेको हो नखुलेको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले जानकारी दिए ।  जिल्ला सदरमुकाम गौरबाट नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ जाँदैछ ।

https://www.youtube.com/watch?v=ZQsnuUHM8WA

Comment


Related News