२०७८ फाल्गुन २८, शनिबार १७:४८

नेपाली  कांग्रेसको बारा जिल्ला सभापति चयनका लागि आइतबार दोस्रो चरणको मतदान हुने भएको छ ।

शनिबार तय भएको मतदान एक दिन पछि सारिएको निर्वाचन समितिले जनाएको छ । शुक्रबार भएको मतदानमा तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि धेरै मत ल्याउने दुई जनाबीच दोस्रो चरणको निर्वाचन हुन लागेको हो । आइतबार विहान ८ बजेदेखि मतदान गर्ने तयारी छ ।

पहिलो चरणको मतदानमा राजेश रायले ८३३, शम्भुबहादुर बुढाथोकीले ८०९ र रामानन्द यादवले ७०९ मत ल्याएका थिए । राय र बुढाथोकी संस्थापन पक्षका हुन् भने यादव संस्थापन इतरका हुन् ।

Comment


Related News