जनकपुरधामको प्रसिद्ध एकता बचत तथा ऋण सहकारी संस्थाको ११ औ सधारण सभा सम्पन्न भएको छ । जनकपुरधामको उद्योग वाणिज्य संघको सभा हलमा आयोजना गरिएको साधारण सभामा संस्थाको आय व्यय तथा अगामी वर्षका आर्थिकको योजनाहरु प्रस्तुत गरिएको छ । साधारण सभालाई सम्बोधन गर्दै मधेश प्रदेशका भौतिक पुर्वाधार विकास तथा यातायात मन्त्री रामसरोज यादवले मुलुकको आर्थिक विकासमा सहकारी संस्थाहरुको भुमिका महत्वपुर्ण रहेको बताए ।
संसारमा ईजराल, भारत लगायतका मुलुकहरुमा सहकारी संस्थाहरु राम्रो विकास गरेको बताउदै मन्त्री यादवले भने,‘ सहकारीले आर्थिक रुपमा सम्वृद्धको साथै रोजगारिको अवसर सृजना गर्छन । त्यसकारण हाम्रो जस्तो विकास उन्मुख देशको सहकारी निकै महत्वपुर्ण हो ।’ मधेश प्रदेश सरकारले सहकारी संस्थाहरुको विकासमा सहयोग गर्दै आएको मन्त्री यादवले बताए । सरहकारी संस्थाले गरिब, निमुखा वर्गको उत्थानको रोजगार मुलक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिदै मन्त्री यादवले भने,‘ वर्तमान अवस्थामा सहकारीले कृषि,उद्योग र पर्यटनको क्षेत्रका लगानी गर्नु आवश्यक छ, यि तीनै क्षेत्र आर्थिक हिसावले मधेश प्रदेशको लागि निकै महत्वपुर्ण क्षेत्र हो ।’ जनकपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तथा मारवाडी सेवा समितिका अध्यक्ष निर्मल चौधरीले संस्थाले लक्ष्य प्राप्ति गर्न आर्थिक पारदर्शितामा जोड दिनुपर्ने बताए । एकता बचत तथा ऋण सहकारी संस्थाका सचिव फजले राईनले सभामा संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अगामी आर्थिक वर्ष २०७८/०७९ मा १५ करोड रुपैयाँ बराबरको ऋण लगानी गर्ने उदेश्य लिएको सो सहकारी संस्थाको ०७७/७८ मा शेयर पुजी ९९ लाख ५९८ रहेकोमा अहिले १ करोड ९८ लाख र अनुमातिम लक्ष्य २ करोड ५० लाख रहेको छ । त्यसैगरि, २०७७/७८ मा जडेगा तथा अन्य कोष १ लाख ७८ हजार २८६ रहेको थियो भने हाल ४१ लाख ५६१५ छ भने अगामी वर्षमा १ करोड १० लाख पुर्याउने लक्ष्य रहेको छ ।
त्यसैगरि, ०७७/७८ बचत तथा निक्षेप तर्फ २ करोड ९७ लाख ५४ हजार ६५६ रहेको थियो भने हाल ७ करोड ३३ लाख र अगामी लक्ष्य १३ करोड ३३ लाख १ हजार रहेको छ । ०७७/०७८ मा ऋण लगानी ३ करोड ७३ लाख ९९ हजार ८३८ थियो भने हाल ९ करोड १३ लाख छ भने ७८/७९ मा १५ करोड पुर् याउने लक्ष्य रहेको सचिव राईनले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । एकता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष यन्दु जैन(गुड्डु) को अध्यक्षतामा भएको सभाको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सभापति राजेश कुमार कर्ण, लोकतान्त्रिक समाजवादी पार्टीका जनकपुर नगर अध्यक्ष मनोज चौधरी, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ लगायतले मन्तव राखेका थिए ।

