२०७८ फाल्गुन २९, आईतवार ०७:५८

राजविराज । नेपाली काँग्रेस सप्तरी जिल्ला कार्य समितिको निर्वाचनमा रोचक नतिजा आएको छ ।

मंगलबार सम्पन्न भएको निर्वाचनको शनिबार पनि मतगणना जारि रहेको र रोचक नतिजा आएको हो । मतगणना अझै जारि रहेको छ । सम्पूर्ण नतिजा आउन अझ दुई दिन समय लाग्ने निर्वाचन अधिकृत डा. रुद्र शर्माले जानकारी दिए । सात पदाधिकारीसहित ८४ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा शनिबारसम्म पदाधिकारीको मतगणना मात्र सकिएको छ । सभापति पदमा शेखर कोइराला पक्षका रामदेव साह यसअघि नै संस्थापन पक्षका शत्रुधन यादवलाई १ सय १६ मतले पराजित गरि निर्वाचित भइसकेका छन् । शनिबार भने दुई उपसभापति, दुई सचिव र दुई सह–सचिवको पनि मतगणना सकिएको छ । यी सबै पदमा संस्थापन पक्षका उम्मेदवार निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृत शर्माका अनुसार उपसभापति पदमा संस्थापन पक्षका फत्ते मोहम्मद १ हजार ६९ र रामप्रसाद मण्डल १ हजार ५९ मत ल्याई निर्वाचित भएका छन् । सचिव पदमा संस्थापन पक्षका प्रभु नारायण चौधरी १ हजार १ सय ८२ र सनतकुमार मण्डल १ हजार ७५ मत ल्याई निर्वाचित भएका छन् । साह प्यानलका सचिवका उम्मेदवार नन्दकिशोर यादव १ हजार २७ र दुर्गानन्द यादव ७ सय ४५ मत ल्याई पराजित भएका छन् । यस्तै सहसचिव पदमा संस्थापन पक्ष कै घनश्याम साह घन्सी १ हजार २ सय ६५ र मनोज खड्का १ हजार ८६ मत ल्याई निर्वाचित भएका छन् । उनको निकटत्तम प्रतिद्वन्दी साह प्यानलका मो. मुश्लिम मियाँ ७ सय ५० र रामसुन्दर यादव ८ सय ४५ मतमा चित्त बुझाउनु परेको छ । कार्यसमितिका सदस्यसहित बाँकी ७७ पदको मतगणना भने जारि रहेको र समपूर्ण नतिजा पाउन अझै दुई दिन कुर्नु पर्ने अवस्था रहेको पार्टी प्रवक्ता प्रभातकुमार ललनले जानकारी दिए । दुई हजार ५ सय ३५ मतदाता रहेको काँग्रेसको निर्वाचनमा २ हजार ३ सय ४२ मत खसेको थियो ।

please subscribe  our official youtube channel and support us

https://www.youtube.com/watch?v=ZQsnuUHM8WA

Comment


Related News