अपडेट 
२०७८ फाल्गुन २९, आईतवार ११:२४

भारतको ओडिसा राज्यमा एक सांसदले भिडमा गाडी कुदाउँदा सात प्रहरीसहित २२ जना घाइते भएका छन् । घाइते एक जनाको अवस्था गम्भीर रहेको बीबीसी हिन्दीले जनाएको छ ।

ओडिसाको सत्तारूढ पार्टी बिजु जनता दलका सांसद प्रशान्त जगदेवले वाणपुरमा वाणपुर ब्लकको अध्यक्ष चयन गर्न चुनावका लागि जम्मा भएका मानिसमाथि गाडी चलाएका हुन् । त्यहाँ उपस्थित प्रहरीले गाडी रोक्न भने पनि उनले जबर्जस्ती गाडी भिडमा चलाएका खबरमा उल्लेख गरिएको छ ।

घाइते हुनेमा सात प्रहरी, दुई पत्रकारसहित २२ जना छन् । घटनापछि आक्रोसित भएका स्थानीय बासिन्दाले सांसद जगदेवलाई कुटपिट गरेका छन्  । स्थानीय बासिन्दाको कुटपिटबाट घाइते भएका उनलाई भुवनेश्वरमा रहेको एक  निजी अस्पतालमा उपचारका लागि भर्ना गरिएको स्थानीय प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार उनी विरुद्ध हत्याको प्रयास गरेको लगायतका मुद्दा चलाइने छ ।

Please subscribe our official youtube channel and support us

https://www.youtube.com/watch?v=ZQsnuUHM8WA

Comment


Related News

Latest News

Trending News