२०७८ फाल्गुन ३०, सोमबार ०६:३६

महोत्तरीको गौशालाबाट लागुऔषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गौशाला नगरपालिका–५का ३५ वर्षीय हरेन्द्र साहलाई गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए ।

बिक्री वितरण गर्ने उद्देश्यले सञ्चय गरी राखेको साढे पाँच किलो लागुऔषध गाँजा सहित साहलाई पक्राउ गरेको जनाइएको छ । हरेन्द्र साहले गाँजा बिक्री वितरणको कारोबार गर्दै आएको गोप्य सूचनाका आधारमा शनिबार राती इलाका प्रहरी कार्यालय गौशालाबाट खटेको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा प्लाष्टिकमा बेरेर झोलामा लुकाइ छिपाइ राखेको अवस्थामा गाँजा बरामद गरेको जिप्रकाले जनाएको छ । शनिबार पक्राउ परे पनि साहलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ ।

Comment

Related News

Latest News

Trending News