२०७८ फाल्गुन ३०, सोमबार ०६:४३

महोत्तरी जिल्लामा एउटा ट्रयाक्टर र मोटरसाइकल ठोक्किदा एक जना घाइते भएका छन् ।

शनिबार अबेर राती औरही नगरपालिका– ७ भोईल स्थित रामगोपालपुरबाट भोईल तर्फ जाँदै गरेको ज ५ प ३९७५ नम्बरको मोटरसाईकल र विपरीत दिशा तर्फबाट आउँदै गरेको ना २ त ९८२४ नम्बरको ट्रयाक्टर एक आपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सो दुर्घटनामा परी धनुषाको मिथिला नपा–९ बडहरी १९ वर्षीय राजेश महतो घाईते भएका छन् । घाइते महतोको उपचार स्थानीय मेडिकलमा उपचार भइरहेको छ भने मोटरसाईकल, ट्रयाक्टर र ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

त्यसै गरी सम्सी गापा–५ पोखरभिण्डा स्थित हुलाकी राजमार्गमा जलेश्वरबाट गौशाला तर्फ जाँदै गरेको प्रदेश–२–०१–२१४९ नम्बरको मोटरसाईकलको ठक्करबाट एक पैदल यात्री घाइते भएका छन् । घाइते हुनेमा महोत्तरी गापा–६ गोनरपुराका ईस्जाद मंसुरको छोरी ६ वर्षीय सदादी खातुन रहेकी छिन् । जानकी हेल्थ केयर जनकपुरधाममा उनको उपचार जारी रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

Comment


Related News