२०७८ फाल्गुन ३०, सोमबार ०७:०५

सर्लाहीका एक युवाले विगत ४ वर्षदेखि दलित समुदायका मुसहर बालबालिकाहरुलाई नियमित रुपमा निःशुल्क ट्युसन पढाउंदै आएका छन् । जिल्लाको चन्द्रनगर गाउंपालिका–२ बबरगंजका स्थानीय युवा शिवनाथ राउत कहारले सोही गापाको वडा न–२ बिर्ता बजारमा रहेको मुसहरी टोलमा ५० जना दलित तथा विपन्न घरपरिवारका बालबालिकाहरुलाई निःशुल्क ट्युसन पढाउँदै आएका हुन ।

उनी शारीरिक रुपले अपाङ्गता भएका व्यक्ति हुन् । उनी अपाङ्गता भएका व्यक्ति भए पनि दैनिक करिब डेढ किलोमिटरको बाटो तय गरेर मुसहरी टोलका दलित बालबालिकाहरुलाई ट्युसन पढाउन आउने गरेको एक अभिभावकले बताए । सुरुमा कक्षा संचालन गर्न केही गा¥हो भए पनि अहिले सहज भएको शिवनाथले बताए । निःशुल्क ट्युसनको साथै शैक्षिक सामग्रीहरु पनि निःशुल्क पाउने भएपछि आफूहरुको आर्थिक भार धेरै कम भएको अर्का एक अभिभावकले खुसी हुँदै बताए । राउतले आफूलाई सानै देखि समाजसेवामा लागेर समाजको लागि केही गरांै भन्ने सोंचका साथ यस काममा लागेको बताउंदै शिक्षा बिनाको जीवन अन्धकार हुने गरेकोले अत्यन्त पिछडिएका समुदायको लागि आफूले केही गर्न पाउंदा आनन्दित हुने गरेको बताए ।

निःशुल्क ट्युसन सेन्टर चांैथो वर्ष पूरा गरी पाँचौ वर्षमा प्रवेश गरेको अवसरमा हालै राउतले ट्युसन सेन्टरका बालबालिका ,अभिभावक ,समाजसेवी तथा स्थानीयवासीहरुको साथमा पाँचौ बार्षिकोत्सव समेत मनाएका छन् ।

Comment

Related News

Latest News

Trending News