अपडेट 
२०७८ फाल्गुन ३०, सोमबार ०७:३७

शौर्य सिमेन्टले व्यवसायिक उत्पादन सुरु गरेको छोटो समयमै मासिक १० लाख बोरा बिक्री गर्ने लक्ष्य पूरा गर्न सफल भएको छ ।

विगत १० महिना पहिला उत्पादन सुरु गरेको शौर्य लोकप्रिय ब्राण्ड बन्दै गएको कम्पनीले दाबी गरेको छ । व्यवसायिक उत्पादनको पहिलो महिनादेखि नै यस कम्पनीले उत्पादन प्रति ग्राहक वर्गको विश्वास जित्न सफल भई हालको निर्माण क्षेत्रको जटिल परिस्थितिमा पनि यस कम्पनीको यात्रा अत्यन्तै सराहनीय रहेको छ । यस कम्पनीले हाल बजारमा शौर्य ओ पि सि –५३ ग्रेड, शौर्य ओ पि सि– ४३ ग्रेड,पि एस सि सिमेन्ट उपलब्ध गराएको छ र निकट भविष्यमा पीपी सि र लो अल्काली सिमेन्ट उत्पादन गर्ने योजना रहेको आइतबार कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हरेक पाइलामा चुनौतीलाई अवसरमा परिणत गर्दै आफ्नो लक्ष्य तर्फ अघि बढ्दै उदयपुरको सुन जस्तो चुनढुंगाबाट उत्पादित यो सिमेन्ट विशाल परियोजना तथा आम नेपाली माझ लोकप्रिय र गुणस्तरीय ब्राण्ड बन्न सफल भएको कम्पनीको दाबी छ ।

Comment


Related News

Latest News

Trending News