अपडेट 
२०७८ फाल्गुन ३०, सोमबार ०७:४६

नेपालकै प्रतिष्ठित व्यापारिक समूह मध्येका एक अग्नि ग्रुपले आफ्नो सञ्चालनको ३० वर्ष पूरा गरी ३१औं वर्षमा प्रवेश गरेको छ ।

अग्निले कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले कम्पनीका सबै सरोकारवालाहरूलाई निरन्तर सहयोग र साझेदारीका लागि धन्यवाद ज्ञापन गरेका थिए । “हाम्रा ग्राहक, डिलर नेटवर्क, साझेदारहरू र हाम्रो टीमबिना हामी यति टाढा पुग्न सक्ने थिएनौं । म यात्राको हिस्सा बन्न र सँगै विरासत निर्माण गरेकोमा उहाँहरू हरेकलाई धन्यवाद दिन चाहन्छ ु। यो त सुरुवात मात्र हो, आगामी वर्षहरूमा एकआपसलाई कदर गर्दै सँगसँगै अघि बढ्दै जाऔं,”श्रेष्ठले भने । “अग्नी ग्रुपले सन् १९९१ मा महिन्द्रा युटिलिटी गाडी तथा ट्रयाक्टरको अधिकृत वितरकको रूपमा आफ्नो सञ्चालन सुरु गरेको थियो । अहिले अग्नी ग्रुप अटोमोबाइल्स, स्पेयर्स र सेवाहरूको प्रिमियम बिक्रेता हो र यो मापन र क्षमतामा अतुलनीय छ भने देशभरका ७१ भन्दा अधिक डिलर तथा शाखाहरूसहित यसको वृहत नेटवर्क छ । कम्पनीले लजिस्टिकदेखि वित्तीय क्षेत्रसम्मका अन्य उद्यमहरूमा विविधीकरण गरेको छ र हाल यस समूह अन्तर्गत १० भन्दा बढी कम्पनीहरू सञ्चालनमा छन्,” श्रेष्ठले थपे ।

उक्त कार्यक्रममा उदय छात्रवृत्ति पुरस्कार हस्तान्तरण पनि गरिएको थियो कम्पनीले यस वर्ष एसइई उत्तीर्ण गरेका ३० जना विद्यार्र्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गरेको छ । “हरेक वर्ष हामी २५ जना विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्छौं तर यस वर्ष हामीले ३० जना विद्यार्थीहरूलाई हाम्रो ३० वर्षे उत्सवका लागि छानेका हौं । हामी योग्य विद्यार्थीहरुलाई अवसर प्रदान गर्न प्रतिवद्ध छौं र आगामी दिनमा पनि यो पुरस्कारलाई निरन्तरता दिनेछौं,” अग्नी ग्रुपका नायब–निर्देशक बरदान बस्नेतले भने । अग्नि ग्रुपको सञ्चालक समिति, महिन्द्रा ग्रुपका प्रतिनिधिहरुका साथै खेलकुद, संगीत र चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

Comment


Related News

Latest News

Trending News