अपडेट 
२०७८ फाल्गुन ३०, सोमबार ०७:५२

काठमाण्डु । टीभीएस रेडर १२५ लाई प्रतिष्ठित भारतीय अवार्ड, इण्डियन मोटरसाइकल अफ दि इयर (आईएमओटीवाई) उपाधिले सम्मानित गरिएको छ ।

टीभीएस रेडर १२५, आफ्नो आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, इन्धन मितव्ययितता, उत्कृष्ट कार्य सम्पादन क्षमता र भारतीय महाद्विपीय सवारी अवस्थाहरुमा स्थिरताका लागि छुट्टै परिचय स्थापित गर्न सफल रहेको दाबी गरिएको छ । कार्यक्रममा टीभीएस रेडारले मनोनयनमा परेका अन्य ५ कडा प्रतिस्पर्धी मोटरसाइकललाई पछि पार्दै उपाधि हात पारेको हो । इण्डियन मोटरसाइकल अफ दि इयर (आईएमओटीवाई) उपाधिको छनोट तथा घोषणाका लागि फिनालेमा १४ सदस्यीय निर्णायक मण्डलको गठन गरिएको थियो । निर्णायक मण्डलका सदस्यहरुमा अटो टूडेका एसोसिएट एडिटर राहुल घोष, अटो टूडेका सिनियर स्पेशल करेस्पोन्डेन्ट दिप्यन दत्ता, अटो एक्सका रोड टेष्ट एडिटर शिवांक भट्ट लगायतका सहभागी रहेका थिए । इंडिया टुडे उल्लेखित लेखद्वारा ‘निर्णायक मण्डलीका सदस्यहरुको विशेषज्ञाले पूर्ण प्रमाणिकरण प्रदान गर्ने हुँदा आईएमओटीवाई सवारी साधन उद्योगमै सर्वाधिक प्रतिष्ठित अवार्डका रुपमा स्थापित छ । टीभीएस रेडरलाई यस्तो प्रतिष्ठित अवार्डद्वारा सम्मानित गरिँदा हामी निकै गौरवान्वित भएका छौं । यसको श्रेय हामी समग्र टीभीएस मोटर्सको टिम लगायत टीभीएस रेडारलाई माया गर्नुहुने समग्र उपभोक्तालाई दिन चाहान्छौँ’, अवार्ड समारोहमाउपाधि ग्रहण गर्दै टीभीएस मोटर्सका वरिष्ठ उपाध्यक्ष अनिरुद्ध हल्दारले भने । हरेक बर्ष भारतीय बजारमा अनेक बाइकहरु सार्वजनिक हुन्छन् । तीमध्य धेरै जसो बजारमा कुनै छाप छोड्न नपाउँदै बिलाउँछन् भने कतिले अटोमोबाइलमै उल्लेखनीय बिक्रिको रेकर्ड राख्न सफल हुन्छन् । यस बर्ष टीभीएस रेडरले भारतीयबजारको दुई पांग्रे सवारी साधनको श्रेणीमै सर्वाधिक विक्रि सहित अग्रता हात पार्न सफल भएको कम्पनीले जनाएको छ ।

उत्पत्तीको स्थान अन्यत्र भए तापनि प्रतियोगितामा सहभागिताकालागि जुन सुकै मोडलका नयाँ मोटरसाइकलहरु भारतमा एसेम्बल्ड वा उत्पादित हुनु अनिवार्य गरिएको छ । साथै मोटरसाइकलहरु अवार्डका लागि मान्यहुने १ डिसेम्बर २०२० देखि ३० नोवेम्बर २०२१ सम्ममा प्रदर्शित भइसकेको हुनु पर्ने कम्पनीद्वारा आइतबार जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ । उपाधि विजेताको घोषणा निर्णायक मण्डलीको भोटका आधारमा गरिएको थियो । निर्णायक मण्डलीमा सहभागी हरेक सदस्यको हातमा २५ अंक रहेको हुन्छ र तिनले प्रतिस्पर्धामा सम्मिलित कम्तीमा ५ मोटरसाइकलकालागि अंक विनियोजन गर्नुपर्ने हुन्छ । साथै, तिनले कुनैपनि बाइकलाई १० भन्दा बढी अंकप्रदानगर्न पाउँदैनन् । निष्पक्ष र पारदर्शी प्रणालीले गर्दा आईएमओटीवाईलाई भारतमा सर्वाधिक विश्वसनीय अवार्डका रुपमा लिइने गरिएको छ । ’ विज्ञप्तिमा भनिएको छ । सन् २००७ मा भारतभरका वरिष्ठ तथा कहलिएका अटोमोबाइलपत्रकारहरुको भेलाहुँदा आईएमओटीवाईलको शुरुवातगर्ने निर्णय संगै यस अवार्डको थालनी गरिएको थियो । मितव्ययी मूल्यमा अत्याधुनिक फिचर सहितका टीभीएस रेडरले नेपालमा पनि उत्तिकै लोकप्रियता पाइरहेको जनाइएको छ ।

जगदम्बामोटर्सद्वारा सन् २०२१को नोवेम्बरमा सार्वजनिक गरिएको यो बाइक युवाहरु माझ अत्यधिक लोकप्रिय छ र नेपालमा पनिउल्लेखनीय संख्यामा विक्रि भइरहेको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News