२०७८ फाल्गुन ३०, सोमबार ०७:५६

काठमाण्डु । आइएचएसबाट प्रमाणीत विश्वको दोश्रो ठूलो टिभी ब्राण्ड टिसिएलले सम्पूर्ण ए.सी.का ग्राहकबर्गहरुलाई लक्षित गरी निःशुल्क ए.सी. सर्भिस र एक्सचेन्ज क्याम्प ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकबर्गहरुले कुनै पनि ब्रान्डको ए.सी.मा निःशुल्क ए.सी. सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो ए.सी. साट्न चाहेमा, उक्त पुरानो ए.सी.मा उचित मूल्याङकनका साथ टिसिएलको उच्च गुणस्तरिय ए.सी. सँग साट्न सक्नेछन् । यो सुविधा र सर्भिस लिनको लागि ग्राहकबर्गहरुले फोन नं ९८०३६२१९२४, ९८६४४७५५६९ मा अथवा इमेल मार्फत आफ्नो जानकारी रजिस्टर गराउनु पर्नेछ। र यो सुविधा ग्राहकवर्गहरुले घरमै बसि बसि लिन सक्नेछ । यस योजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले ए.सी.को रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५० प्रतिशतसम्म छुटका साथै नयाँ टिसिएल ए.सी. खरिद गर्दा २९ प्रतिशतसम्मको विशेष छुट प्रदान गर्नेछ । नेपाल अधिराज्यभर टिसिएल ब्राण्डको आधिकारीक विक्रेता सि.जी. इलेक्ट्रोनिक्स रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ ।

Comment

Related News

Latest News

Trending News