२०७८ चैत्र १, मंगलवार ०७:३३

जनकपुरधाम । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भारतीय सरकारको दादागिरी विरुद्ध नेपालमा कुरा गर्ने एक मात्र पार्टी एमाले रहेको दाबी गरेका छन् ।

नेपालका अधिकांश पार्टीहरु भारत विरुद्ध कुरा गर्न डराउने गरेको बताउँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले भने,‘ एमालेले मात्रै भारतसामु आँखामा आँखा मिलाएर कुरा गर्ने हैसियत राख्छ ।’ सोमबार एमाले धनुषाको सातौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उपाध्यक्ष पोखरेलले भने,‘ यहाँका नेताहरु भारतीय प्रधानमन्त्री र त्यहाँका नेताहरुको सामु झुक्ने र चाकरी गर्ने गर्छन, तर एमाले पार्टी र पार्टीका अध्यक्ष केपी शर्मा ओली आँखामा आँखा जुधाएर कुरा गर्ने हैसियत राख्छन् जसको प्रमाण पछिल्लो पटक लामो समयदेखिको नाकाबन्दी गरे पनि हामीले भारतसामु आँखा जुधाएर कुरा ग¥यौं ।’ ‘भारत मात्र होइन चीन पनि हाम्रो छिमेकी राष्ट्र रहेको उल्लेख गर्दै पोखरेलले भने,‘ दुबै राष्ट्र मित्रवत् व्यवहार राख्ने क्षमता एमाले पार्टीमा रहेको छ । दुबै राष्ट्रसँग समदूरीमा रहेर एमालेले काम गर्छ ।’ नागरिकता सम्बन्धी समस्या समाधान गर्न एमालेले अध्यादेश ल्याउँदा मधेशी जनता विरोधी अहिलेको सत्तारुढ गठबन्धनले पूरा हुन नदिएको उनको आरोप थियो । नागरिकता सम्बन्धी तत्कालीन ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशलाई कानून बनाएर लागु हुनुपर्ने पक्षमा एमाले रहेको उनले बताए ।

कार्यक्रममा पार्टी सचिव रघुवीर महासेठले एमाले मधेश विरोधी पार्टी नभइ विकासप्रेमी पार्टी रहेको दाबी गरे । ओली नेतृत्वको सरकारमा आर्थिक उन्नति र विकासको लहर आएको दाबी गर्दै उनले २ सय ६० वर्षमा सानातिना गरी करीब साढे पाँच हजार सडक बनेको थियो । तर ओली नेतृत्वको सरकारले साढे तीन वर्षमै साढे पाँच हजारभन्दा बढी सडक र पुलपुलेसा निर्माण गरेको छ । एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पार्टीका मधेश प्रदेश समितिका अध्यक्ष रामअवतार यादव, पूर्वमन्त्री लिलानाथ श्रेष्ठ, केन्द्रीय सल्लाहकार गंगाराम यादव, धनुषा इन्चार्ज रामचन्द्र मण्डल लगायतका नेताहरुले आउंदो चुनावमा वहुमत ल्याउने दाबी गर्दै आ–आफ्ना धारणा राखेका थिए ।

Comment


Related News

Latest News

Trending News