जनकपुरधाम । नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण यादवले पदभार ग्रहण गरेका छन् ।
सोमबार प्रदेशको राजधानी जनकपुरधाममा आयोजित एक समारोहबीच उनले पदभार ग्रहण गरेका हुन् । स्थानीय बेल्ही चोकमा स्थापना गरिएको प्रदेश पार्टी कार्यालयमा आयोजित समारोहबीच उनले सबैलाई मिलाएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । प्रदेशको सप्तरी र धनुषा बाहेक ६ वटै जिल्लामा समूह सहित संस्थापन पक्षले जितेको छ । संस्थापन पक्षकै प्रदेश सभापति यादवले आगामी निर्वाचनमा कांग्रेसलाई जिताउन घर घर जाउँ कांग्रेस जिताऔं नारालाई मूलमन्त्र बनाउन कार्यकर्ताहरुलाई आग्रह गरे । मधेश प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रामसरोज यादवलाई पराजित गरी कृष्ण यादव विजयी भएका थिए । संस्थापन पक्षले सप्तरीको सभापति बाहेकका सम्पूर्ण समूह र धनुषा बाहेकका सबै जिल्लामा समूह सहित विजयी भएको छ ।
please subscribe our official youtube channel and support us
https://www.youtube.com/watch?v=ZQsnuUHM8WA

