२०७८ चैत्र १, मंगलवार ०८:०५

धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिकाबाट मोटरसाइकल चोरी गरेर भाग्दै गरेका दुई युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार सिरहाको मिर्चैया नगरपालिका–२ का २० वर्षीय अर्जुन यादव र १९ वर्षीय दीपेन्द्र यादवलाई मोटरसाइकल चोरी गरेको आरोपमा पक्राउ गरिएको हो । शनिबार अबेर राती जिप्रका धनुषाबाट खटेको गस्ती टोलीले जनकपुरधाम उपमहानगरपालिका–५ महावीर चोकबाट दुबैजनालाई शंकाको आधारमा शोधपुछ तथा अनुसन्धान गर्दा मोटरसाइकल चोरी गरेर भाग्दै गरेको खुलेपछि पक्राउ गरिएको जिप्रका धनुषाका सूचना अधिकारी जितेन्द्र बस्नेतले बताए । प्रदेश २–०३–००९ प २ ९२६ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकल र बा ९६ प ९७८० नम्बरको मोटरसाईकल महावीर चोकको भित्र गल्लीमा पार्किङ गरी राखेको अवस्थामा आरोपिले चोरी गरेको प्रहरीले जनाएको छ ।

दुबैजनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर चोरी सम्बन्धी मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको अधिकारी बस्नेतले जानकारी दिए ।


please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=ZQsnuUHM8WA

Comment


Related News