अपडेट 
२०७८ चैत्र २, बुधबार ०७:२३

जनकपुरधाम । होटल संघ नेपालले मधेश प्रदेश कमिटीको विस्तार गरेको छ ।

मंगलबार जनकपुरधाममा आयोजित संघको सम्मेलनबाट मधेश प्रदेश कमिटीको गठन गरिएको हो । सम्मेलनबाट विजय झुन्झुनबालाको अध्यक्षतामा ९ सदस्यीय प्रदेश कमिटी गरिएको हो । संघको केन्द्रीय अध्यक्ष सिर्जना राणा तथा केन्द्रीय सदस्य विनायक साह लगायतको उपस्थितिमा सम्पन्न सम्मेलनबाट उपाध्यक्षमा मोहनरंजन प्रसाद प्रधान,महासचिवमा रामचन्द्र शिवकोटी,सचिवमा राजेश कुमार चौधरी,कोषाध्यक्षमा जयप्रकाश साहको चयन गरिएको छ । त्यसै गरी कमिटीको सदस्यहरुमा कृतनारायण शर्मा,विनोद प्रसाद मैनाली,विनोद कुमार भण्डारी तथा याम बहादुर खड्काको चयन गरिएको हो ।

५४ वर्षको इतिहास रहेको संघले पहिलो पटक काठमाण्डु बाहेकको अन्य कमिटी गठन गरेको हो । अब अन्य प्रदेशमा पनि गठन गरिने सम्मेलनको उद्घाटन समारोहमा केन्द्रीय अध्यक्ष राणाले बताएकी थिइन् । होटल व्यवसायीहरुको समस्या तथा मुद्दा सरकारसंग लाने तथा समस्या समाधानको लागि पहल गर्ने मुख्य उद्देश्यले नै संघको गठन भएको बताउंँदै मधेश प्रदेश कमिटीको गठन भएकोमा उनले खुशी व्यक्त समेत गरिन् । कार्यक्रममा साजन शाक्य,भरतराज पराजुली,युवराज श्रेष्ठ ,रामकुमार चुरी,ठाकुर प्रसाद पोखरेल लगायतका होटल व्यवसायीहरुको सहभागिता रहेको थियो ।

please subscribe our official youtube channel and support us .

https://www.youtube.com/watch?v=ZQsnuUHM8WA

Comment


Related News

Latest News

Trending News