२०७८ चैत्र २, बुधबार ०८:१२

जनकपुरधाम । मिथिला मध्यमा परिक्रमा यात्रा बुधबार भारत बिहारको बिसौल पुग्ने भएका छन् ।

सोमबार परिक्रमा यात्रीहरु धनुषाको औरहीमा विश्राम गरेका थिए भने मंगलबार पुनः भारतको करुणा पुगेका थिए । धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिकाको कचुरीमा रहेको मिथिलाबिहारी मंदिरबाट मिथिला बिहारीको डोला सहित प्रारम्भ भएको परिक्रमा परिक्रमा यात्रा हनुमानगढ़ी, कल्याणेश्वर स्थान, गिरिजा स्थान फुलहर, मटिहानी, जलेश्वर स्थान, मड़ई स्थान, ध्रुवकुंड, कंचनवन, पर्वता स्थान, धनुषा, सतोषर स्थान, औरही हुँदै मंगलबार करुणाको रामसागर पोखरमा पुगेका छन् । मंगलबार परिक्रमा यात्रामा सहभागी यात्रीहरुलाई करुणाका स्थानीयवासीहरुले भव्य स्वागत गरेका थिए भने करुणावासीहरुले साधु सन्तहरुलाई भोजन गराउनुको साथै खानेपानी लगायतका सुविधाहरु उपलब्ध गराएका थिए । त्रेतायुगमा जनकको दरबार जाने क्रममा जानु अघि आफ्नो गुरु महर्षि विश्वामित्र तथा अनुज लक्ष्मणको साथ भगवान रामले करुणामा केही बेर विश्राम गरेको मान्यता रहिआएको छ ।

नेपाल र भारतको गरी १ सय ३३ किलोमिटरको १५ दिने मध्यमा परिक्रममा बुधबार बिसौल,विहीबार कल्याणेश्वर हुँदै जनकपुरधाम आइपुग्नेछन् भने पुर्णिमाको दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरी विधिवत् रुपमा सम्पन्न हुने गरेको छ ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=ZQsnuUHM8WA

Comment


Related News