२०७८ चैत्र ३, बिहीबार ०७:२१

जनकपुरधाम । उद्योग पर्यटन तथा वातावरण मन्त्री शत्रुधन महतोले मधेश प्रदेश पर्यटन बोर्ड चाँडै गठन गरिने बताएका छन् ।

होटल व्यवसायी संघको नवगठिते मधेश प्रदेश कमिटीले आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री महतोले सो कुराको जानकारी दिएका हुन् । पर्यटन प्रवद्र्धनका लागि सबभन्दा पहिले पर्यटन बोर्डको आवश्यकता रहेको बताउंदै उनले भने,‘ यसको लागि हामीले वातावरण पनि बनाइसकेका छौं । आगामी बैशाखको पहिलो सातामै बोर्ड गठन गर्न अख्तियारी लगायतको कानूनी प्रक्रिया अगाडि बढाइसकेकोले बोर्डको गठन छिट्टै हुनेछ।’ बोर्ड बनिसकेपछि मात्रै पर्यटन सम्बन्धी गरिने कुनै पनि निर्णयको औचित्य रहने उल्लेख गर्दै उनले पर्यटनबोर्डको गठन गर्नु मन्त्रालयको पहिलो प्राथमिकतामा रहेको बताए ।

मन्त्री महोतोले जनकपुरधामका होटल अत्यन्त महँगो रहेको गुनासा विभिन्न तर्फबाट आएको जिकिर समेत गरे । केही दिन पूर्व गण्डकी प्रदेशका मुख्यमन्त्री सहितका टोलीबाट पनि होटल सम्बन्धी गुनासो आएको बताउंदै यसको समस्या समाधानकालागि होटल व्यवसायीहरुले गंभीरतापूर्वक सोंच्नु पर्ने आवश्यकता समेत उनले औंल्याए । उनले भने,‘यहाँ आउने पर्यटकहरुले काठमाण्डु पोखरा लगायतका स्थानभन्दा पनि धेरै बढी जनकपुरधामको होटल महँगो रहेको गुनासो हामी समक्ष पोख्ने गरेका छन् ,होटल नै अति महँगो भएपछि पर्यटकहरु यहाँ कसरी टिक्छन् त।’ छलफलको क्रममा व्यवसायीहरुको होटलहरुबाट प्लाष्टिक निषेध सहितका कुराहरु अगाडि बढाउने ,ध्वनि प्रदूषण नियन्त्रणका लागि पहल गर्नु पर्ने लगायतका जिज्ञासाहरुको जवाफमा उनले भने,‘बोर्ड गठन नभएसम्म कुनै पनि निर्णय लागु नहुने भएकोले सबभन्दा पहिला पर्यटन बोर्ड गठन गरी अगाडि बढ्नु पर्ने उनले प्रष्ट पारे ।

कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष सिर्जना राणा,मधेश प्रदेश अध्यक्ष विजय झुनझुनबाला सहितका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Comment


Related News