अपडेट 
२०७८ चैत्र ३, बिहीबार ०७:५३

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले डिजेल पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ५ बढाएको हो ।निगमका अनुसार पेट्रोल–डिजेल प्रतिलिटर नयाँ खुद्रा मूल्य रु १५५ र मट्टितेल रु १३८ तथा हवाई इन्धन आन्तरिकतर्फ साविक बिक्री मूल्यमा प्रति लिटर रु १५ रुपैयाँले बृद्धि भई १५१ रुपैयाँ पुगेको छ । हवाई इन्धनमा अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर २००,०० ले बृद्धि गरी नयाँ बिक्री नयाँ  बिक्री मूल्य प्रति कि.लि. अमेरिकी डलर १,४९५ कामय गरिएको छ ।

निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले नेपालमा पनि बढाएको जनाएको छ । भारतीय आयल निगमले बुधबार पेट्रोलियम पदार्थको मूल्य बढेको जानकारी गराएको थियो । सोही अनुसार निगमले नेपालमा पनि मूल्य बढेको बताएको छ ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=ZQsnuUHM8WA&t=12s

Comment


Related News

Latest News

Trending News