२०७८ चैत्र ४, शुक्रबार ०८:०७
जनकपुरधाम । नेपाल ईन्जिनियरिंग एशोसिएनको मधेश प्रदेश सभापतिमा (एनइए) स्वतन्त्र समूहका गौरी पंडित विजयी भएका छन् ।
पंडितले ४ सय २१ मत प्राप्त गरेका छन् । उनका निकटत्म प्रतिद्वन्दी श्यामकिशोर यादवले ३ सय ५१ मत प्राप्त गरेका थिए । करिब एक सातासम्म चलेको मतगणनाको परिणाम अनुसार मधेश प्रदेश समितिको उपसभापतिमा कार्तिकेश झा ,सचिवमा रामनारायण यादव,सहसचिवमा राम ईश्वर यादव तथा कोषाध्यक्षमा तेजनारायण यादव विजयी भएका हुन् । त्यसै गरी सदस्यहरुमा सितेस कुमार यादव,दीपक कुमार मण्डल,अंजली ठाकुर,प्रविण कुमार यादव,सुम्मी मिश्र, रविकुमार साह,प्रियान्सु कुमार गुप्ता ,नेहा कर्ण तथा रीता कुमारी यादव,विनिता कुमारी यादव विजयी भएका छन् ।

