जनकपुरधाम । परिक्रमा यात्रीका लागि जनकपुरधाममा निःशूल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी युवा संघ र समाजवादी विद्यार्थी युनियन, धनुषाले शिविरको आयोजना गरेका हुन् । विहीबार आयोजित शिविरमा ३ हजार १ सय ४९ जना यात्रीहरुले स्वास्थ्य उपचार गराएका छन् । सो शिविरमा जसपाका मधेश प्रदेश समितिका उपाध्यक्ष शेषनारायण यादव, सदस्य तथा संसदीय दलको उपनेता रामअशिष यादव, प्रदेश सदस्य सुमितकुमार साह, नेपाल बौद्धिक पेशाकर्मी महासंघका केन्द्रीय उपाध्यक्ष जितेन्द्र यादव, जिल्ला उपाध्यक्ष अम्भुप्रसाद साह, जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हँस्पिटल प्रशासन प्रमुख राजेश यादव, समाजवादी युवा संघ केन्द्रीय सदस्य धीरु यादव, प्रदेश सदस्य सुरज महतो, धनुषा अध्यक्ष दीपेन्द्र कापडी , समाजवादी विद्यार्थी युनियन धनुषा उपाध्यक्ष सरोज यादव, सचिव बलिराम कापडी, आमिन राईन, बलराम यादव, संस्कार यादव, श्याम साह, आईसा यादव, रबिना मण्डल, रामभगत यादव, उमेश यादव, पुजा कापरी, आलोक कापरी, नवीन यादव सहितका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । यस अघि जसपाका विद्यार्थी संगठनले महोत्तरीको ध्रुबकुण्ड लगायतको स्थानमा शिविरको आयोजना गरी यात्रीहरुलाई सहयोग गरेका थिए ।

