२०७८ चैत्र ४, शुक्रबार २०:५९

मधेस प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झालाई महामूर्खको उपाधि प्रदान गरिएको छ । शुक्रबार जनकपुरधाममा आयोजित महामूर्ख सम्मेलनबाट उपाध्यक्ष डा. झालाई महामूर्खको उपाधी प्रदान गरियो ।

हरेक वर्षझैँ यस वर्षपनि महामूर्ख सम्मेलनमा समाजसेवी, बुद्धिजिवी, राजनीतिककर्मी, मन्त्री, प्रदेशसभा सदस्य, जनप्रतिनिधिहरु लगायत दर्जनौं विशिष्ट व्यक्तिहरुलाई समावेशी ढंगबाट अन्य विभिन्न उपाधि समेत प्रदान गरिएको छ । यस कार्यक्रममा सहभागी सबै आ–आफ्नो मुर्खत्वको उपाधि पाउनका लागि लालायित हुने गरेका छन् ।

मिनापले प्रत्येक वर्ष समाजमा विभिन्न माध्यमबाट योगदान पुर्याए वापत १० जनादेखि १७ जनासम्मलाई मूर्खको उपाधि दिँदै आएको छ । जसअनुसार ११ जनालाई मूर्खको उपाधि दिइयो । सो मध्येबाट पनि एक जनालाई महामूर्खको उपाधि दिइन्छ ।

महामूर्ख घोषित झालाई प्रशंसा पत्र, मिथिला चित्रकला, फूल तथा विभिन्न तरकारी मिश्रित माला तथा दोसल्ला ओढाएर सम्मानित गरियो । मिथिला नाट्यकला परिषद (मिनाप)ले फागु महोत्सवको अवसरमा महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=iFRjvyyRw1w

Comment


Related News