अपडेट 
२०७८ चैत्र ६, आईतवार ११:४५

नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै बजार भाउ ६०० रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य ९९ हजार २०० र तेजाबी सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९९ हजार ८०० र तेजाबी सुनको मूल्य ९९ हजार ३०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ तोकिएको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो । गत साताको शुक्रबार १३ सय ८५ रुपैयाँ थियो ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=AwbGUN3nmwg

Comment


Related News

Latest News

Trending News