२०७८ चैत्र ६, आईतवार २१:२२

सिरहा । मिर्चैया नगरपालिकामा पर्ने मोहन नमुना माध्यमिक (प्राविधिक) विद्यालयमा शिक्षक भर्नामा विवाद भएपछि झडप हुँदा दर्जनौं मानिस घाईते भएका छन् ।

शिक्षकका लागि विद्यालयले लिन लागेको परीक्षा रोक्न पुगेका स्थानीय र प्रहरीबीच झडप भएको हो । झडपमा ६ जना प्रहरीसहित दर्जन बढी मानिस घाईते भएका छन् ।

घाईतेहरु स्थानीय स्वास्थ्य संस्थामा उपचार गराएर घर फर्केको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीका अनुसार स्थिति बिग्रेपछि विद्यालयले सूचना प्रकाशित गरी अनिश्चित कालकालागि शिक्षकको परीक्षा स्थगित गरेको छ ।

विद्यालयले प्राथमिक तहका ५ जना करार शिक्षकका लागि सूचना निकालेको थियो । सो आधारमा आवेदन दिएका शिक्षकहरुको परीक्षाको मिति आजका लागि तोकिएको थियो । तर स्थानीयले जनप्रतिनिधि र प्रधानाध्यापकको मिलोमतोमा शिक्षक भर्ना भइरहेको भन्दै विरोध गरेका छन् ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=AwbGUN3nmwg&t=6s

Comment


Related News