जनकपुृरधाम ।जनता समाजवादी पार्टी(जसपा) धनुषाको आइतबार समायोजन भएको छ ।
केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र कृषि तथा सहकारी मन्त्री महेन्द्र यादवको उपस्थितिमा भएको समायोजनमा सचिव बाहेकका पदहरुमा समयोजन भएको छ । समायोजन भई जिल्ला समन्वय समिति १ सय ८५ सदस्यीय बनेको छ ।समितिको अध्यक्ष, उपाध्यक्ष एकजना महिला, , सहसचिव २ जना पूर्व संघीय समाजवादी पार्टीले पाएको छ । त्यसैगरी उपाध्यक्ष दुई , कोषाध्यक्ष र सहसचिव एकजना पूर्व राष्ट्रिय जनता पार्टी(राजपा)ले पाएको छ ।दुवै पक्षले सचिवमा दावी गरेकाले समायोजन टुंग्याउन केही ढिला भएको थियो ।
सचिवमा सहमति जुट्न नसकेपछि तत्काल सो पद रिक्त राखिएको जसपा कार्यकारिणी समितिका सदस्य गजाधर यादवले जनाए । ‘सचिवको टुंगो १ सय ८५ सदस्यीय समितिको बैठकबाट लगाउन निर्देशन दिएको छ’ उनले भने, सहमतिबाटै समायोजन भएको छ ।
please subscribe our official youtube channel and support us.

