होलीको अवसरमा उछृंखल गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ गरिएको चार जनामध्ये तीन जनालाई सम्झाइ बुझाइ छाडिएको जानकारी जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी जितेन्द्र बस्नेतले दिए ।
गत फागुन ५ गते हिन्दू धर्मावलम्वीहरुको चाँड होली पर्वलाई मर्यादित एवं व्यवस्थित बनाउनका लागि होली पर्व लक्षित सुरक्षा योजना अनुसार जिल्ला प्रहरी कार्यालयबाट विभिन्न ठाउँमा गरी ४ सय ८७ जना प्रहरी परिचालन गरिएको थियो । ट्राफिक सहितको चेक प्वाईन्ट, सरपराईज चेकिङ समेतको व्यवस्थापन गरी मादक पदार्थ सेवन गरी ट्राफिक नियम विपरीत सवारी साधनहरू चलाउने ६४ वटा मोटरसाईकल , पाँच वटा कार गरी ६९ वटा सवारी साधनमाथि कारवाही गरिएको जिप्रकाले जनाएको छ । सोही क्रममा सार्वजनिक स्थानमा हो–हल्ला गर्ने ३ जना मानिस र प्रहरी संग वादविवाद गर्ने १ जना गरी चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिइएका मध्ये तीन जनालाई आइतबार सम्झाइ बुझाइ अभिभावकको जिम्मा लगाइएको छ भने प्रहरी संग वादविवाद धनुषाको जनकपुरधाम उपमहानगरपालिका– १६का १९ वर्षीय चमन ठाकुरलाई सार्वजनिक शान्ति विरूद्धको कसुर शीर्षक मुद्दा चलाइएको अधिकारी बस्नेतले बताए ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=iFRjvyyRw1w&t=2s

