कलैया । कलैया उपमहानगरपालिका–२५ ईनरवारीमा दुई समुदायबीच भएको झगडामा मृत्यू भएको राधेश्याम पटेलको परिवारलाई क्षतिपूर्ति स्वरुप सरकारले १० लाख रुपैयाँ प्रदान गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले मृतकका बुबा राजकुमार पटेललाई मंगलबार एक कार्यक्रमबीच १० लाखको चेक प्रदान गरेका छन् । कार्यक्रममा प्रजिअ कटुवालले रकमले पीडित परिवारको घाउमा तत्कालकालागि मलहम लगाएको बताउँदै दोषीमाथि कानून बमोजिम कारवाही गरिने प्रतिवद्धता व्यक्त गरे । संघीय साँसद रामबाबु यादव, प्रदेश साँसद पारस साह, सुरक्षा निकायका प्रमुखहरु प्रहरी उपरीक्षक दीलिप सिँह देउवा, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापा, राष्ट्रिय अनुसन्धानका एसपी सन्तोष ढुगेल, हिन्दू परिषद बाराका अध्यक्ष गोपाल दास बैरागी लगायतको सहभागितामा सो रकम प्रदान गरिएको थियो । ११ लाख २४ हजार २० रुपैयाँ औषधि उपचार खर्च, १० लाख क्षतिपूर्तिको रकम गरी २१ लाख २४ हजार २० रुपैयाँ जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा उपलब्ध गराई दिन पत्राचार गरेको थियो । राधेश्यामको घटना भएको ५७ दिनपछि वीरगञ्जका एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा पुस २१ गते बेलुका करिब ६ बजे मृत्यू भएको थियो ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय नाजिर हुसैन ठकुराईलाई पक्राउ गरी अदालतमा प्रक्रिया पु¥याइ पुर्पक्षका लागि वीरगञ्ज करागारमा पठाएको छ भने घटनामा फरार रहेका सफि महम्द ठकुराई, लालबाबु ठकुराई, असमुल्लाह ठकुराई, गनिमिया ठकुराई, जाफर मिया ठकुराई, नजमुल्लाह मिया ठकुराई र अफजल मिया ठकुराईलाई पक्राउ पर्न सकेका छैनन् ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=ZQsnuUHM8WA&t=14s

