अपडेट 
२०७८ चैत्र ९, बुधबार १२:५१

भारतको हैदराबादस्थित सिकन्दराबादको बोयागुडा नजिकै कवाडीको एउटा गोदाममा आगलागी हुँदा ११ मजदुरको मृत्यु भएको छ । यी सबै भिन्न भिन्न राज्यका थिए ।

स्थानीयका अनुसार अबेर रातीको आगलागीका बेला गोदाममा १२ मजदुर थिए । यीमध्ये एक मजदुर सुरक्षित बाँच्न सफल भएका थिए ।

भारतको प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री नरेन्द्र मोदीलाई यो घटनाले गहिरो चोट पुर्याएको र मारिएका व्यक्तिको परिवारप्रति समवेदना भएको जानकारी दिएको छ ।

साथै, मोदीले मारिएकाहरुको परिवारलाई २ लाखको सहायता रकम दिने घोषणा गरेका छन् ।

सुरुवाती अनुसन्धानमा पत्ता लागेअनुसार मारिएका ११ जनामध्ये ८ मजदुर २० देखि ३० वर्षका थिए भने दुईजना ३० वर्षका थिए । यस्तै एक मजदुर ४० वर्षका थिए ।

दुर्घटनापछि आठ दमकललाई घटनास्थलमा पठाइएको थियो । स्थिति हाल नियन्त्रणमा आइसकेको छ । आगलागीका कारण अहिलेसम्म पनि पत्ता लाग्न नसकेको बीबीसी हिन्दीले जानकारी दिएको छ ।

गोदाममा खाली रक्सीको बोतल र ग्यास सिलिन्डर भेटिएको छ ।

Comment


Related News

Latest News

Trending News