अपडेट 
२०७८ चैत्र ९, बुधबार १३:५७

भारतीय अभिनेता १४ जेठमा नेपाल आउने भएका छन् । बैशाख ३ गते आउने भनिएता पनि नेपाल सुपरलिग एनएसएसका कारण खान आउने मिति सरेको हो ।

एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७, २०७९ सम्म दशरथ रंगशालामा हुँदैछ । सलमानको कार्यक्रम ‘दबङ लाइभ इन नेपाल’ पनि दशरथ रंगशालामा हुने हुँदा खान आउने मिति सरेको हो।

यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र भारतीय अभिनेता सलमान खानबीच आज भिडिओ संवाद हुने भएको छ । सोही कार्यक्रमलाई लक्षित गरी आज दिउँसो ३:१५ बजे मन्त्री आलेले अभिनेता खानसँग भिडिओ संवाद गर्ने कार्यक्रम तय भएको मन्त्री आलेका स्वकीय सचिवालयले जनाएको छ।

अभिनेता खान नेपाल आउने कार्यक्रमलाई नेपालको पर्यटन प्रवर्द्धनका लागि कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर मन्त्री आलेले खानसँग संवाद गर्ने कार्यक्रम तय भएको हो। दुई वर्षअघि नै अभिनेता खानको नेपाल आउने कार्यक्रम तय भएको थियो। तर कोभिड-१९ को उच्च जोखिमका कारण रोकिएको उनको कार्यक्रम पुनः हुने भएको हो ।

ओडिसी इन्टरटेनमेन्टले सो कार्यक्रमको आयोजना गर्न लागेको बताइएको छ। आगामी जेठ १८ मा हुने सो कार्यक्रममा अभिनेता खानसँगै अन्य भारतीय कलाकार पनि नेपाल आउने बताइएको छ ।

Comment


Related News

Latest News

Trending News