अपडेट 
२०७८ चैत्र ९, बुधबार १४:५९

देशभरका यातायात व्यवस्था कार्यालयहरूको सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ ।

विभागका सर्भरहरुमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न आज साँझ ५ बजेदेखि उक्त समस्या समाधान नभएसम्मका लागि सेवा बन्द गर्न लागिएको हो ।

यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भूसालले समस्या समाधान नभएसम्मका लागि यातायात कार्यालयहरूबाट प्रदान गरिने सबै समस्या अवरुद्ध हुने जानकारी दिए ।  विभागले सेवाग्राहीलाई हुन जाने असुविधाप्रति क्षमायाचना गरेको छ । यातायातको सर्भरमा पटक पटक समस्या हुँदै आएको सन्दर्भमा विभागले पछिल्लो यो निर्णय गरेको हो ।

Comment


Related News

Latest News

Trending News