२०७८ चैत्र १०, बिहीबार ११:४३

निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय निर्वाचनको तालिका सार्वजनिक गरेको छ।

आयोगले निकालेको तालिका अनुसार ११ र १२ वैशाखमा उमेदवारी दर्ता, १३ वैशाखमा उम्मेदवार विरुद्ध उजुरी र १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम रहेको छ।

१७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ। ३० वैशाख बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको छ।

आयोगले २७ वैशाख राति १२ बजेपछि मौन अवधी शुरु जनाएको छ। मतदान हुनु ४८ घण्टा अगाडि मौन अवधि शुरु हुन्छ।

Comment

Related News

Latest News

Trending News