२०७८ चैत्र ११, शुक्रबार ०७:०२

जनकपुरधाम । महोत्तरीको रौजा मजार शरीफमा लागेको तीन दिवसीय उर्स बिहीवार सम्पन्न भएको छ ।

उर्सको अन्तिम दिन बिहीवार दिउँसो ३ बजे भारत बिहार राज्यको पोखरैरा शरीफका मोस्फती मोहम्मद रेजाको नेतृत्वमा बाबा गदाअली शाह, बाबा बहार अली शाह र बाबा रहम अली शाहको मजारमा छुट्टछुट्टै चादर पोसी गरेका थिए । चादर पोसीमा क्षेत्रका हजारौ धार्मिक गुरुहरु मोफ्ती, मौलना,मोल्बी तथा श्राद्धालुभक्तजनहरुको सहभागिता रहेको थियो । चादर पोसीमा सहभागी भएको लोकतान्त्रिक समाजवादीका पार्टी लोसपाका प्रदेश साँसद जयनुल राईनले बाबा गदाअली शाह नेपालमा मात्र नभइ छिमेकी मुलुक भारतमा पनि प्रसिद्ध रहेको बताए । बाबाको मजारमा नेपाल, भारत सहितका लाखौं श्रद्धालु भक्तजनमुजाहिदिन) उर्समा सहभागी भएको बताउँदै साँसद राईने भने,‘ भाकल गरेका व्यक्तिहरुको मनोकांक्षा पूरा हुने गरेकोले बाबाप्रति सर्वसधारणको आस्था र विश्वास बढ्दै गए पछि यहाँ आउनेहरुको संख्या वर्षेनि रुपमा वृद्धि हुँदै गएको छ ।’

प्रत्येक वर्ष चैत महिनामा रौजा मजार विकास समितिको पहलमा आयोजना हुने गरेको प्रसिद्ध बाबा गदाअली शाह, बहार अली शाह र रहम अली शाहको उर्समा यस वर्ष नेपाल र भारतका करिब ५ लाख श्रद्धालुभक्तजन सहभागी भएको रौजा मजार शरीफ विकास समितिका अध्यक्ष सलिम राईनले बताए । उर्स वाहेकको दिनमा पनि बाबाको मजारमा दैनिक सयौको संख्यामा श्रद्धालु भक्तजन आई फतिहा,नियाज, तथा धार्मिक क्रियाकलाप गर्ने गरेको उनले बताए ।

Comment


Related News