२०७८ चैत्र ११, शुक्रबार ०७:१२
जनकपुरधाम । जनकपुरधाममा रहेको रामस्वरूपरामसागर साह धर्मसंस्थाले ७८औं जन्मोत्सव मनाएको छ ।
विहीबार एक समारोहको आयोजना गरी स्व. राम स्वरूप साह र स्व. राम सागर साहप्रति श्रद्धा सुमन अर्पणसाथै स्व.साहद्वयले जनकपुरधामको शिक्षा तथा सामाजिक क्षेत्रमा दिएको योगदान बारे चर्चा परिचर्चा गरिएको थियो । गुठियार सदस्य प्रकाशचन्द साहले‘उहाँहरुले जनकपुरधामको लागि गर्नु भएको योगदानको कदर स्वरुप प्रत्येक वर्ष आजको दिन जन्मोत्सव मनाउने गरिएको जानकारी दिए । सो अवसरमा संस्थाका सभापति दिवाकर प्रसाद साह ,सचिव लक्ष्मण साह ,सदस्य ध्रुव साह,आजीवन सदस्य शिवदयाल साहसहित संस्थाका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

