२०७८ चैत्र ११, शुक्रबार ०७:२६

गौशाला । आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जनयुद्ध तथा मधेश आन्दोलनमा ज्यान गुमाएका शहीद परिवारप्रति मधेश प्रदेश सरकार संवेदनशील रहेको बताएका छन् ।

विहीबार महोत्तरीको खयरमारामा आयोजित एक कार्यक्रमबीच जनयुद्ध तथा मधेश आन्दोलनका १२ जना शहीद परिवारलाई एक लाख रुपैयाँ नगद वितरण कार्यक्रममा उनले सो कुरा बताएका हुन् । शहीद परिवारहरुको सम्मानस्वरुप तीन तीन लाख रुपियाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको बताउंदै पहिलो चरणमा एक/एक लाख वितरण गरिएको जानकारी मन्त्री साहले दिए । शहीदहरुकै शहादतको बलमा पहिचान र अधिकार प्राप्तिको आन्दोलन सफल भएको जिकिर गर्दै उनले भने,‘ शहीदहरुको सम्मान प्रदेश सरकारको पहिलो प्राथमिकतामा छ,।’ मधेश आन्दोलन, जनयुद्ध र अन्य अधिकार प्राप्तिको आन्दोलनमा गरी यस प्रदेशमा ५ सय ४२ जनाले शहादत प्राप्त गरेको बताउँदै मन्त्री साहले विस्तारै सबै शहिद परिवारलाई आर्थिक सहयोग उपलब्ध गराइने बताए ।

उनले प्रदेश सरकारले उपलब्ध गराएको रकमले मात्रै शहादतको मूल्य चुक्ता नहुने बताउंदै सम्मान र राहतस्वरुप मात्रै आर्थिक सहयोग वितरण गरिएको प्रष्ट पारे ।

Comment


Related News