२०७८ चैत्र ११, शुक्रबार १३:०१

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मानव सेवा आश्रम बिरगंज भवनको शिलान्यास गरेका छन् ।बिरगंज महानगरपालिका वडा नं. १५ लक्ष्मणवामा १८ कठ्ठा जग्गामा सुविधा सम्पन्न भवन निर्माणका लागि मुख्यमन्त्री राउतले शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रममा मुख्यमन्त्री राउतले भवन निर्माणका लागि प्रदेश सरकारले ३० लाख रकम छुट्याइएको भए पनि जग्गा आभावमा उक्त रकम फ्रीज भएको बताउँदै आगामी आर्थिक वर्षमा यथोचित बजेट उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे ।

भवन निर्माण मात्र नभई संचालनको गुरु योजना सहितको प्रस्ताव प्रदेश सरकारलाई उपलब्ध गराउन उनले आग्रह समेत गरे ।

आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संघिय सांसद प्रदिप यादव, महानगर प्रमुख विजय सराबगी सहितको सहभागिता रहेको थियो ।

१८ करोड लागतमा निर्माण हुन लागेको उक्त भवन तीन बर्ष भित्र पूरा गरिने लक्ष्य राखिएको अध्यक्ष अधिकारीले बताएका थिए ।

Comment


Related News

Latest News

Trending News