अपडेट 
२०७८ चैत्र ११, शुक्रबार १५:५७

नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको २ हजार ८ सय २२ पिसिआर परिक्षणका क्रममा १२ जना र १ हजार ५ सय २० एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थय मनत्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ११ लाख १८ हजार ४ सय १४ पुगेको छ ।कोरोनाका कारण शुक्रबार पनि कसैको ज्यान गएको छैन । हालसम्म नेपालमा ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ ।

त्यस्तै थप २ सय ७१ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार ९ सय ६० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News