२०७८ चैत्र १२, शनिबार ०७:१४

जनकपुरधाम । भारतीय महाबाणिज्यदुत नितिश कुमारले नेपाल र भारत बिचको सम्बन्ध अटल रहेको बताएका छन् ।

शुक्रवार जनकपुरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाल र भारत बिच बेटी रोटीको सम्बन्ध रहेको र रहिरहने विश्वास व्यक्त गरे । शुक्रवार आयोजित पत्रकार सम्मेलनमा भारतीय महाबाणिज्यदुतले भारत सरकारले नेपालका लागि गरेको कार्य प्रगति विवरण प्रस्तुत गर्दै आगामी दिनमा पनि यसलाई भारतीय सरकारले प्रभावकारी रुपमा प्रस्तुत हुने उनले बताए । भारत सरकारले वर्षेणी आईसिसिआर छात्रवृती योजना स्नातक छात्रवृती योजना र स्नातक तथा पिएचडी पाठ्यक्रमको लागि रजक जयन्ती छात्रवृती योजना यीडीसिएल छात्रवृती आयुष छात्रवृती महात्मागान्धी छात्रवृती योजना स्वण जयन्ती छात्रवृती योजना लगायतका योजनाहरुको सिफारिस गर्दै आएको महाबाणिज्यदुत नितिशले बताए । उनले एम्बुलेन्स र स्कुल बस वितरण सवारी साधन अनुमतीपत्र जारी गर्ने सामाजिक सन्जालको अधावधिकी लगायतका कार्यहरु बारे पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

Comment


Related News