२०७८ चैत्र १२, शनिबार १८:२०

बिरगंज, चैत १२ गते। मधेश प्रदेश सरकारले भाथाधाम महादेव मन्दिरलाई पर्यटकीय क्षेत्र घोषणा गरेको छ।

पर्सा जिल्लाको पटेर्वा सुगौली गाउपालिका वाडा न १ मा पर्ने भाथाधाम दुधेश्वर मन्दिरलाई एक कार्यक्रम बिच पर्यटकीय क्षेत्र घोषणा गरिएको हो ।

पर्सा राष्ट्रिय निकुञ्ज भित्र पर्ने भाथाधाममा आयोजित घोषणा सभामा मुख्यमन्त्री लालबाबु राउतले भाथाधामलाई धार्मिक पर्यटकीय क्षेत्रको पुर्वाधार निर्माण कार्य यसै वर्ष भित्र शुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो। उहाँले पर्सा राष्ट्रिय निकुञ्ज संग भाथाधामको पर्यटकीय बिकासको लागि आवश्यक सम्पूर्ण पुर्वाधार बिकासको जिम्मा प्रदेश सरकारको रहेको उल्लेख गर्नु भयो।

कार्यक्रममा उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतोले भाथाधाम पर्यटकीय क्षेत्र बिकासको लागि पहिलो चरणमा ५ करोडको प्याकेज दिने घोषणा गर्नु भएको थियो।

अलखदेव महतो थारुको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, आन्तरिक मामिला तथा संञ्चार मन्त्री भरत साह, संघिय सांसद हरिनारायण रौनियार, प्रदेश सांसद मन्जुर अन्सारी, करिमा बेगम, भिमा यादव, जसपा प्रदेश सदस्य दिपक यादव, लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

Comment


Related News

Latest News

Trending News