२०७८ चैत्र १३, आईतवार ०७:२२

मलंगवा । भारतका चर्चित हास्य कलाकार राजपाल यादव सर्लाहीको सदरमुकाम मलंगवा आइपुगेका छन् ।

बिहान ११ बजे आउने भनिएको हास्य कलाकार यादव ४ घण्टा ढिलो ३ बजेमात्र मलंगवा आईपुगेका थिए । गोपाल सेवा समितिको नवौँ राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागी हुन कलाकार यादव मलंगवा आएका हुन् । मलंगवा नगरपालिका– २ स्थित कभर्ड हलमा महाधिवेशन उदघाटन समारोहमा सहभागी भएका थिए । कलाकार यादवलाई आयोजकले ५६ किलोको ठूलो फूलको माला लगाएर सम्मान गरेका छन् । शनिबार अबेर राति हुने महाधिवेशनको बन्द सत्रमार्फत गोपाल सेवा समितिको केन्द्रीय नयाँ नेतृत्व चयन हुने समितिले जनाएको छ ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=ZQsnuUHM8WA

Comment


Related News

Latest News

Trending News