२०७८ चैत्र १३, आईतवार ०७:३२

गौर । मधेश प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले रौतहट जिल्लामा जनता समाजवादी पार्टी नेपाल नै अगाडि रहने दाबी गरेका छन् ।

उनले मधेशी जनताको हक अधिकारको लडाई लड्ने एक मात्र पार्टी जसपा नेपाल रहेकोले जसपाको विकल्प नरहेको बताए । रौतहट जिल्लाको राजदेवी नगरपालिका–७ मुडवालबामा वडा कमिटीले आयोजना गरेको कार्यकर्ता भेंटघाट तथा पार्टी प्रवेश कार्यक्रममा मन्त्री यादवले राजदेवी नगरपालिकामा जसपाको नेतृत्वमा नै स्थानीय सरकारको गठन हुने ठोकुवा गरे । नेपाली कांग्रेसबाट जितेका मेयरले पारदर्शी ढंगबाट कम नगरी बजेटको दुरुपयोग गरेको आलोचना गर्दै भ्रष्टाचार विरुद्ध जनता समाजवादी पार्टी रहेकोले जसपाको उम्मेदवार नै विजयी हुने दृढता व्यक्त गरे । केन्द्रीय सदस्य रेवन्त झाले मधेशी जनताको हक अधिकार दिलाउने एक मात्र पार्टी जसपा नेपाल रहेकोले आगामी निर्वाचनमा जसपा पार्टीका उम्मेदवारहरुलाई अमूल्य मत दिएर विजयी गराउन अपिल गरे । गौर नगरपालिकाका नगर उप प्रमुख किरण कुमारी ठाकुरले शासक वर्गका नेतृत्व भएको नेपाली कांग्रेस , नेकपा एमाले , नेकपा माओवादी केन्द्र पार्टीले मधेशी जनतालाई शोषित गरेकोले त्यस्ता पार्टीको नेताको प्रलोभनमा नपर्न आग्रह गरिन् ।

जसपाका तर्फबाट मेयर प्रत्याशी रामेश्वर प्रसाद यादवले राजदेवी नगरपालिकामा विगत ५ बर्षमा अरबौको भ्रष्टाचार गरेका मेयरलाई पराजित गर्नु पर्ने बताए । उनले विकासको नाउँमा मेयर धीरेन्द्र सिंहले राज्यको रकम दोहन समेत गरेको आरोप लगाए । निर्वाचन नजिकिँदै गएको मौका छोपेर मतदातालाई आफ्नो तर्फमा रिझाउनको लागि हैंड पाइप धमाधम वितरण गरिरहेको टिप्पणी समेत उनले गरे । मतदाताहरुलाई प्रलोभनमा नपरी विकास गर्ने र शिक्षित व्यक्तिलाई आफ्नो प्रतिनिधि छनोट गर्न आग्रह गरे । हरेन्द्र प्रसाद यादवको सक्रियतामा भएको सो कार्यक्रममा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भइ माधव नेपाल नेतृत्वको नेकपा एस को पक्षमा हस्ताक्षर गरेका वडा अध्यक्ष संजय कुमार यादवले पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा आफ्ना समर्थक कार्यकर्ताहरु सहित प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई राज्य मन्त्री यादवले टिका लगाई स्वागत गरेका थिए ।

Comment


Related News

Latest News

Trending News