२०७८ चैत्र १३, आईतवार ०७:५२
कलैया । बाराको सिमरा स्थित सिमरा कलेजमा अच्युत सिटौलाको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन भएको छ ।
शनिबार सम्पन्न चौथो अधिवेशनबाट अध्यक्षमा सिटौला सर्वसम्मतिले चयन गरिएका छन् । त्यस्तै समितिका सदस्यहरुमा रमेश पण्डित ,गीता शर्मा ,कृष्ण पुडासैनी ,मधुकर अधिकारी ,रविन्द्रमान सिँह डंगोल ,मेनुका लामा सर्वसम्मत चयन भएका हुन् । त्यसै गरी नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय सिमराका प्रधानाध्यापक शंकर कुमार आचार्य ,जितपुरसिमरा उपमहानगरपालिका–२ का वडा अध्यक्ष तिलक बहादुर श्रेष्ठ र कलेज प्रमुख शालिक राम अधिकारी पदेन सदस्य रहेका छन् । समितिमा शिक्षक प्रतिनिधि र त्रि.बि. प्रतिनिधिपछि चयन गरिने जनाइएको छ । कार्यसमितिका तीन सदस्यपछि अध्यक्षले मनोनित गर्ने प्रावधान रहेको छ ।

