जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकपुरधाम उपमहानगरपालिकाको नगर कार्य समितिको अध्यक्षमा पुनःविष्णुदेव साहलाई चयन गरिएको छ ।
शनिबार जनकपुरधाममा आयोजित सम्मेलनबाट साहको अध्यक्षतामा १ सय २५ सदस्यीय नगर कार्य समिति सर्वसम्मतिले चयन गरिएको हो । समितिमा राजेन्द्र प्रसाद यादव, मो. वसिम अकरम, मनोज साह, सन्तोष कुमार झा, जगदिश यादव, भोला साह, मो. जिलानी, मो. धाशु राइन, मो. हुसैदुर रहमान, रुद्रनारायण राय, उमेश यादव, जनाउदिन खान, खुर्शिद खान, दीपक शर्मा, फारुख नदाफ बच्चा राइन, महबुब आलम, मण्डला सादा, रामदेव यादव, संजय यादव, विनय साह, राधा साह, महेन्द्र साह, शशि साह, विकाउ यादव, भोला साह, राम सुखित यादव, रामपृत ठाकुर, सुमन भगत रेणु भगत, शान्ति देवी दास, अनिल पासमान, प्रमोद कुमार साह, अमित यादव, किशोर यादव, हरि राउत, जयशेद साफी, बिल्टु पासमान, अमर पासमान, प्रबोध यादव, राजेन्द्र यादव, किरण दास, असलम दफाली, फुलगेन दास, कमलेश साह, राम शरण पण्डित, रघुनाथ साह तेली, इश्वर मण्डल, शेष अहमद, आशिक हुसैन, सद्दाम हुसैन, सरोज मण्डल, राजकिशोर यादव, राम हृदय यादव सहितका रहेका छन् ।
यसैबीच जसपा धनुषा अध्यक्ष पशुपति यादवले कार्य समितिका पदाधिकारीहरुलाई शपथ ग्रहण समेत गराएका छन् । शपथ ग्रहण कार्यक्रममा जसपा केन्द्रीय सदस्य एवं पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, उर्मिला साह, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह पार्टीका नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=VzR7rinzOeY

